Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

मंगलबार सुनको मूल्यमा प्रतितोला दुई हजार बढ्यो


नया सडक

२०८१, मंसिर ४ मंगलबार

  • 297
    Shares

  • मंगलबार सुनको मूल्यमा प्रतितोला दुई हजार बढ्यो

    काठमाडौँ । सुनको मूल्यमा मंगलबार प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ ।  तोलामा दुई हजार रुपैयाँले बढेर मंगलबार सुनको बिक्री दर एक लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

    हिजो सुनको मूल्य एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा एक सय रुपैयाँमात्रै बढेको सुनको मूल्य मंगलबार एकैपटक तोलामा दुई हजारले बढेको हो ।

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढी एक हजार नौसय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।हिजो चाँदी प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस