काठमाडौँ ।आज नेप्से परिसूचकमा ५१.११ अंकले घटेर २७०२.६५ बिन्दुमा आएको छ । यस दिन १० अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । आज सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३१० कम्पनीको २ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४६ करोड ६८ लाखभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र पोखरा फाइनान्स परेका छन् ।