Logo

Nov 20 2024 | २०८१, मंसिर ५गते

images

एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने


नया सडक

२०८१, मंसिर ५ बुधबार

  • 120
    Shares

  • एनएलजी इन्सुरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने

    काठमाडौं । एनएलजी इन्सुरेन्सको मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसमा यसले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

    उक्त हकप्रद सेयरका लागि कम्पनीले कात्तिक २७ गते बुक क्लोज गरिसकेको छ। कात्तिक २६ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रदमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । 

    यसमा लक्ष्मी सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल कमलपोखरी काठमाडौं र एनएलजी इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस