Logo

Nov 20 2024 | २०८१, मंसिर ५गते

images

छ्याङ्दी हाइड्रोपावरको साधारण सभा पुस ५ गते


नया सडक

२०८१, मंसिर ५ बुधबार

  • 99
    Shares

  • छ्याङ्दी हाइड्रोपावरको साधारण सभा पुस ५ गते

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १०औं र ११औं वार्षिक साधारणसभा पुस ५ गते एकैपटक गर्ने भएको छ । सभा कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ९ बजे शुरू हुनेछ ।

    कम्पनीले सभाका लागि लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले आर्थिक वर्ष  २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्दा सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ ।

    साथै सभाले गत आवको लेखापरीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस