Logo

Nov 21 2024 | २०८१, मंसिर ६गते

images

सिनामंगलस्थित ५० वर्ष पुरानो नेपाल आयल निगमको डिपो सारिने सम्झौता


नया सडक

२०८१, मंसिर ५ बुधबार

  • 300
    Shares

  • सिनामंगलस्थित ५० वर्ष पुरानो नेपाल आयल निगमको डिपो सारिने सम्झौता

    काठमाडौँ  । नेपाल आयल निगमले  काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्न पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग बुधबार सम्झौता गरेको छ ।
    मन्त्रिपरिषद्ले साउन २०८१ मा त्यहाँबाट डिपो स्थानान्तरण गर्ने निर्णय गरे अनुसार यो सम्झौता गरिएको हो । निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार यो डिपो गुह्येश्वरीतर्फ सार्न लागिएको हो । जुन स्थान यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंकको खर्चमा विदेशी परामर्शदाताबाट अध्ययन गराई उपयुक्त भनी तोकिएको  दिएको स्थान हो ।

    आगामी तीन वर्षभित्र डिपो सारिसक्ने योजना छ । यसअघि डिपो सार्न भारतीय सहयोग लिनेबारे छलफल चलिरहेको थियो । तर, स्वदेशी लागत र प्रविधिमै संरचना बनाउन सकिने गरी यो सम्झौता गरिएको छ ।अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको इन्धन डिपो हवाई सुरक्षा मापदण्डका दृष्टिकोणले जोखिमयुक्त रहेकोले  सार्नुपर्ने माग प्राधिकरणले लामो समयदेखि गर्दै आएको  थियो । 

    सौर्य एयरलाइन्सको जहाज विमानस्थल नजिकै दुर्घटनामा परेको पछि सार्ने कुरामा ध्यान दिइएको देखिएको छ ।निगमको सिनामंगलस्थित डिपो ५० वर्ष इतिहास बोकेको डिपो हो । त्यही भएर यहाँ अझ सुरक्षित बनाउन आवश्यक प्रविधि जडान गर्न सकिएको थिएन । अब भने अत्याधुनिक प्रविधियुक्त डिपो बनाइने डिपो प्रमुख यादवले जनाएका छन् ।सिनामंगल डिपोले अहिले दैनिक ४ लाख ७५ हजार लिटर इन्धन बिक्री गर्दै आएको छ । यहाँ सामान्य दिनमा दैनिक ९ दिनको माग धान्ने भण्डारण क्षमता छ । 

     

    प्रतिक्रिया दिनुहोस