Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

हिमालयन लघुवित्तको  साधारण सभा  मंसिर २७ गते , मर्जर प्रस्ताव पेश गर्ने

हिमालयन लघुवित्तको  साधारण सभा  मंसिर २७ गते , मर्जर प्रस्ताव पेश गर्ने

  • काठमाडौं ।  हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा मंसिर २७ गते  बोलाएको छ । तर, कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । सभामा कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग एकआपसमा मर्ज हुने प्रस्ताव पेश गर्नेछ । 

    सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते गते बुक क्लोज गर्ने भएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij