Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

राजस्व अनुसन्धान कार्यालय पथलैयामा अनियमितता नै अनियमितता , सेटिङमा मौलाउँदो भ्रष्टाचार


नया सडक

२०८१, मंसिर ७ शुक्रबार

  • 567
    Shares

  • राजस्व अनुसन्धान कार्यालय पथलैयामा अनियमितता नै अनियमितता , सेटिङमा मौलाउँदो भ्रष्टाचार

    वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयामा अनियमितता बढ्दै गएको छ । राजस्व अनुसन्धान विभाग अन्तर्गतको महत्वपूर्ण कार्यालयको रुपमा रहेको पथलैया कार्यालयमा दैनिक रुपमा अनियमितता बढ्दै गएको हो ।राजस्व अुसन्धान कार्यालय पथलैयामा  मालवाहक गाडीहरूको चेकजाँच  र गश्ती गर्ने क्रममा व्यवसायीलाई हदै दुख दिने र नाजायज रुपमा अतिरिक्त  रकम असुल्ने गरेको एक ढुवानी व्यवसायीले नाम नखुलाउने शर्तमा नयाँ सडकलाई बताए ।

    केही समय अगाडि मात्र राजस्व अनुसन्धान कार्यालय पथलैयामा प्रमुख भएर गएका  हरिप्रसाद शर्मालाई समेत गुमराहमा राखी कार्यालयका केही पुराना र रैथाने कर्मचारीहरूले  असुली धन्दा चलाएको व्यापारीहरूको भनाइ छ ।

    केही दिन अगाडि श्री दुर्गा ट्रान्सपोर्टबाट आएको साक्षी ट्रेडर्सले ललित इन्टरप्राइजेज पोखराको नाममा काटेको बिल र ढुवानी गरिएको विभिन्न कपडा छुटाउँदा ठुलो रकमको लेनदेन भएको समाचार स्रोतले बताएको छ । ना ३ ख ७६५६ नम्बरको मालवाहक गाडीलाई केही दिन राजस्व अनुसन्धान कार्यालय पथलैयामै राखी  पछि अनुसन्धान प्रक्रिया नै नपु¥याई न्यून रकम धरौटी राखी छाडिएको थियो ।  कपडाको ठुलो व्यापारमा समेत संलग्न उक्त ट्रान्सपोर्टको गाडी असोजको पहिलो सातामा पनि समातिएको थियो । असोजको पहिलो साता समातिएको उक्त गाडी छोड्न ठुलै रकम धरौटी राख्न लगाइएको थियो । त्यसपछि पनि उक्त ट्रान्सपोर्टबाट विभिन्न कम्पनीको नाममा ठुलो मात्रामा कपडाजन्य मालवस्तु आएको थियो । पटक पटक उक्त ट्रान्सपोर्ट कम्पनीले विभिन्न कम्पनीको नाममा ल्याएको मुख्यतः कपडा र अन्य मालवस्तुको मूल्यांकन, आएको स्रोत, भन्सारको अवस्था र उक्त फर्महरूको सामान्य अनुसन्धान समेत नगरी न्यून रकम धरौटी राखी छाडिएको वीरगञ्जका व्यवसायीहरूबीच चर्चा चलिरहेको छ ।

    लामो समयदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयामा रहेका राजस्व समूहका नासु अमिर दाहालले सेटिङमा उक्त गाडी छोडेको  पथलैया कार्यालय भित्रै चर्चा चलेको छ । अमिर दाहाल र अन्य एक कर्मचारीले केही दिन अगाडि सुनौलो ढुवानी सेवाको समातिएको मालवाहक गाडी छोड्दा पनि पार्टीबाट मोटो रकम असुलेको समाचार स्रोतले बताएको छ । 

    यस्तै दाहालले विभिन्न ट्रान्सपोर्ट कम्पनीहरू , व्यापारिक फर्महरूबाट पनि माथि दिनुपर्ने भन्दै मोटो रकम उठाउने गरेको बताइएको छ ।  अर्का एक कर्मचारीले समेत क्यूआर कोड मार्फत् असुली धन्दा चलाएको पथलैया कार्यालय भित्रै चर्चा हुने गरेको छ । असुलीमा प्रयोग भएको  क्यू आर कोड काठमाडौँस्थित विभागका महानिर्देशकसम्म पुगेको  चर्चा  अहिले पथलैयामा गुञ्जायमान भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका अर्का एक कर्मचारीले आफन्त प्रयोग गर्दै उठन्ती पुठन्ती गर्दै आएको समाचार स्रोतले बताएको छ । 

    राजस्व अनुसन्धान कार्यालय पथलैयाका कार्यालय प्रमुख हरिप्रसाद शर्माले धरौटी राखेको विषय र छाडिएको विषय अनुसन्धानकै क्रममा रहेकोले बताउन नल्निे बताए । सूचना अधिकारी पुष्पराज कोइरालाले हाम्रो (राजस्व अनुसन्धान कार्यालय पथलैया)को केही अधिकार नहुने विभागका महानिर्देशकले भने अनुसार काम कारबाही हुने र सोही अनुसार गरिएको बताए । 

    प्रतिक्रिया दिनुहोस