Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

पहिलो चार महिनामा वैदेशिक व्यापारमा आधा प्रतिशतको वृद्धि, व्यापार घाटा साढे ४ खर्ब बढी


नया सडक

२०८१, मंसिर ७ शुक्रबार

  • 156
    Shares

  • पहिलो चार महिनामा वैदेशिक व्यापारमा आधा प्रतिशतको वृद्धि, व्यापार घाटा साढे ४ खर्ब बढी

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक व्यापारमा आधा प्रतिशतको वृद्धि हुँदा व्यापार घाटा साढे ४ खर्ब बढीको रहेको छ । विभागका अनुसार चार महिनाको व्यापार वृद्धि ०.५३ प्रतिशत रहेको छ ।व्यापार घाटामा ०.२६ प्रतिशतले कमी आएर ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख  २८ हजार भएको भन्सार विभागले जनाएको हो ।

    गत आव२०८०/८१मा व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रहेको थियो ।भन्सार विभागले सार्वजनिक गरेको कार्तिकसम्मको प्रतिवेदन अनुसार चार महिनाको आयात ५ खर्ब १३अर्ब ३८ करोड ८० लाख  ३९ हजार भएको छ । यो गत आव  २०८०/८१को तुलनामा  ०.१७ प्रतिशतले बढेको छ । गत आवमा आयात ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस