Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

पर्सा प्रहरीले करिब ६९ लाखको औषधि लोड रहेको ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझायो

पर्सा प्रहरीले करिब ६९ लाखको औषधि लोड रहेको ट्रक राजस्व अनुसन्धान कार्यालयमा बुझायो

  • काठमाडौं । पर्सा प्रहरीले करिब ६९ लाखको औषधि लोड रहेको ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । जिल्ला प्रहरी कार्यलय पर्साले बिल बीजक भन्दा बढीको सामान लोड रहेको ट्रक शंका लागि जाँच गर्दा वीरगञ्ज महानगरपालिका वडान ८ घन्टाघरबाट ना ४ ख २१६० नम्बरको ट्रक  नियन्त्रणमा लिइएको जनाएको हो ।

    parsa police 26 nov.png

    विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो ट्रकमा लोड रहेको औषधि र खुद्रा सामानको अन्दाजी मूल्यांकन ६८ लाख ९१ हजार ४ सय ४९ रुपैयाँ गरी थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको सूचना अधिकारी प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जनाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij