
काठमाडौँ । आर्थिक सुधारका लािग राय सुझावहरू उपलब्ध गराइदिन आम सरोकारवालाहरूलाई दिइएको समय अब सकिन लागेको छ ।नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आह्वान गरेको समय सकिन लागेको हो ।
वर्तमान आर्थिक समस्या समाधान गर्दै समतामूलक तथा दिगो उच्च आर्थिक वृद्धि , रोजगारी सिर्जना, आर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक उत्पादनशील अर्थतन्त्र निर्माण , गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारका सझुावहरू ६ मिहना भित्र दिने गरी कार्य प्रारम्भ गरेको छ । यसै सिलिसलामा उद्योगी व्यवसायी, संघसंस्था , सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता ,विज्ञ तथा आम नागरिककोे महत्वपूर्ण राय सुझाव लिखितरूपमा दिन आयोगले सार्वजनिक आह्वान गरेको थियो ।
सो आह्वान अनुसार लिखित सुझाव दिनेहरूले मंसिर १५ गते भित्र इमेल मार्फत बुझाउन सकिने समय अब शनिबारसम्म मात्र रहेको छ । आयोगले सार्वजनिक वित्त व्यवस्थान तालिम केन्द्र हरिहर भवनमा रहेको कार्यालयमा पुग्ने गरी वा इमेल आइडी एचएलईआरएसी अट द रेट एमओएफ डट जीओभी डट एनपीमा इमेल गरी पठाउन मंसिर १५ गते २०८१ सालसम्मको समय दिएको उक्त सूचनामा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij