काठमाडौं । पर्सा प्रहरीले ९० लाख बढीको औषधि लोड भएको ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार राति करिब ११ बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ लैजान खोजिएको उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार ट्रकमा ९० लाख ३७ हजार रुपैयाँ बराबरको औषधि बरामद भएको हो ।लम्सालले वीरगञ्ज महानगरपालिका ८ स्थित घण्टाघर चोकमा ना.३ ख ७९१९ नम्बरको मालवाहक ट्रकमा चेकजाँचका क्रममा बिलबीजक बिनाको ठूलो मात्रामा औषधि फेला परेको बताए । नियन्त्रणमा लिइएको ट्रक र औषधिसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।