Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

प्रधानमन्त्री ओली चारदिने भ्रमणमा चीन प्रस्थान

प्रधानमन्त्री ओली चारदिने भ्रमणमा चीन प्रस्थान

  • काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन्।ओली चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा सोमबार हिमालय एयरलाइन्सको चार्टर्ड उडानबाट बेइजिङ प्रस्थान गरेका हुन्।

    उनको भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणा, मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, विभिन्न पार्टीका सांसद, विभिन्न मन्त्रालयका कर्मचारी र निजी क्षेत्रका प्रतिनिधि सामेल छन्। ८७ सदस्यीय टोलीमा आधाभन्दा बढी निजी क्षेत्रका प्रतिनिधि छन्। निजी क्षेत्रका प्रतिनिधिले आफ्नै खर्चमा भ्रमणमा सामेल भएका छन् ।

    ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बिदाइ गरे।त्यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तालिका छ। उनले चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विषयमा कुरा गर्ने अपेक्षा गरिएको छ ।

    बीआरआईलाई लिएर उनको भ्रमणप्रति चासो छ। उनले बीआरआई योजना कार्यान्वयनका लागि सम्झौता गर्न चाहेका छन्। त्यसका लागि सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको लामो छलफलपछि दस्तावेज तयार पारिएको छ।ओली पेकिङ विश्वविद्यालयमा तय गरिएको कार्यक्रम सहभागी हुने तालिका छ। सोहीक्रममा बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई ओलीले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij