Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने

ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानून अपनाउने

  • ब्रसेल्स ।युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनि सदस्य राष्ट्रहरूबीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानून पारित गरेको छ ।

    images

    उक्त नयाँ कानूनहरू साइबर सुरक्षा विधायी प्याकेजको हिस्सा हो । यी उपायहरूले साइबर घटनाहरू विरुद्ध ईयुको तयारी र प्रतिक्रिया क्षमताहरूलाई सुदृढ पार्ने लक्ष्य राख्छन् ।

    नयाँ नियमले राष्ट्रिय र सीमापार साइबर केन्द्रहरू मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखेको छ ।

    कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा बिश्लेश्ण गर्न सघाउने अपेक्षा गरिएको छ भने स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्दछ ।

    कानून निजी क्षेत्रबाट घटना प्रतिक्रिया सेवाहरू प्रदान गदै साइबर घटनामा ईयु सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ ।

    यसबाहेक, आपतकालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ ।

    कानून आगामी हप्तामा ईयुको आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij