Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

चोरी निकासी गरी ल्याउन खोजिएको लाखौँको रुद्राक्ष दाना सुनसरी सशस्त्र प्रहरीद्वारा बरामद

चोरी निकासी गरी ल्याउन खोजिएको लाखौँको रुद्राक्ष दाना सुनसरी सशस्त्र प्रहरीद्वारा बरामद

  • सुनसरी । चोरी निकासी गरी ल्याउन खोजिएको लाखौँको रुद्राक्ष दाना सशस्त्र प्रहरीद्वारा बरामद गरिएको छ ।सुनसरीको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले लाखौँको रुद्राक्ष बरामद गरेको हो ।६ लाख ८८ हजार रुपैयाँ बराबरको रुद्राक्षको दाना सशस्त्र प्रहरीले आज बरामद गरेको छ ।

    धरानबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले शंका लागि चेकजाँच गर्दा बिलबीजक नभएको ३ सय ४४ केजी रुद्राक्षको दाना फेला परेपछि बरामद गरेको हो ।अन्दाजी ६ लाख ८८ हजार रुपैँया बराबरको बरामद रुद्राक्षको दाना आवश्यक कारबाहीको लागि राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाइएको  छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij