Logo

Dec 26 2024 | २०८१, पुस ११गते

Dec 26 2024 | २०८१, पुस ११गते

images
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोक्यो

नया सडक

२०८१, मंसिर १८ मंगलबार

  • 111
    Shares

  • कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोक्यो

    काठमाडौँ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्दै आएको नियमित उडान १९ दिनमै रोकेको छ । कतार एयरवेजले १५ मंसिरबाट गौतमबुद्ध विमानस्थलमा उडान रोकेको विमानस्थलका सूचना अधिकृत विनोदकुमार रावतले जानकारी सार्वजनिक गरेका हु् ।

    कात्तिक २७ गतेदेखि भैरहवामा वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौं–दोहा रूटमा दैनिक एउटा व्यवसायिक उडान गर्दै आएको कतार एयरवेजले मंसिर १५ गतेबाट उडान रोकेको हो । १९ दिनमा एयरवेजले ३८ वटा उडान तथा अवतरण गरेको जनाइएको छ ।

    सूचना अधिकृत रावतका अनुसार  विमान कम्पनीले कात्तिक २७ गतेदेखि मंसिर १५ गतेसम्म मात्र भैरहवामा उडान तथा अवतरणका लागि अनुमति लिएकाले त्यसपछि उडान स्थगित गरेको छ । मंसिर १५ पछिको  थप उडान अनुमति नलिएकोले स्थगित गरिएको बुझिाएको छ ।

    उडानको अनुमति केन्द्रबाटै हुने कानुनी प्रावधान छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भने नियमित उडान गर्दै आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij