Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images

कुलमानलाई तह लगाउन प्राधिकरण हातामै बस्ने योजना बनाउँदै ऊर्जा मन्त्री खड्का

कुलमानलाई तह लगाउन प्राधिकरण हातामै बस्ने योजना बनाउँदै ऊर्जा मन्त्री खड्का

  • काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका  प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तह लगाउन प्राधिकरणमै बस्ने योजना बनाइरहेको खुलेको छ ।सिंहदरबारको मन्त्रालयबाट घिसिङलाई तह लगाउन गाह्रो भएकाले प्राधिकरणमै आफ्ना लागि अनुकूलको कोठा खोज्न कर्मचारी पठाएबाट यस्तो योजना खुलेको हो ।
    डेडिकेटेड र ट्रंक लाइन बक्यौता भुक्तानी सम्बन्धी विवादमा घिसिङको व्यवहारबाट सरकार सन्तुष्ट हुन नसकेको छर्लगिंएको छ ।सरकारले उद्योगीहरूको लाइन जोड भन्दा घिसिङले बक्यौता भुक्तानी नभए लाइन जोडिन्न भन्ने अड्डी लिएको देखिएबाट घिसिङ र सरकारबीच भिडन्तको स्थिति बनेको हो ।

    ऊर्जा मन्त्री खड्काले पछिल्लो समय प्राधिकरणको बोर्डबाट उद्योगीहरूको लाइन जोड्ने निर्णय गराएपछि घिसिङले प्रवन्ध निर्देशकको हैसियतमा बक्यौता भुक्तानी नगरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न भनी नेपाल राष्ट्र बैंकमा पत्र लेखि पठाएका थिए ।यसैबीच    ऊर्जा मन्त्रालयका केही कर्मचारी सोमबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर मन्त्रीका लागि बस्ने व्यवस्था गर्न कोठा हेर्न पुगेका थिए ।प्रबन्ध निर्देशक घिसिङसँग सम्पर्क नगरी कोठा हेर्न गएका कर्मचारीहरूले त्यहाँका अन्य कर्मचारीहरूसँग कोठाको विषयमा सम्पर्क गरेका थिए ।

    ऊर्जामन्त्री प्राधिकरण संचालक समितिका अध्यक्ष हुन्। प्राधिकरणको अध्यक्षको कार्यकक्ष हुनुपर्ने स्वाभाविक प्रक्रियाको कुरो हुन्छ । तर अहिलेसम्म मन्त्री अध्यक्षको हैसियतमा प्राधिकरणमा नबसेकाले त्यहाँका कर्मचारीहरू मन्त्रालयका कर्मचारीहरूको कोठा खोजाइबाट अक्क नबक्क भएका थिए ।प्राधिकरण अन्तर्गतका ती कर्मचारीका अनुसार प्राधिकरण स्थापना भएको ४० वर्षको अवधिमा ऊर्जामन्त्रीको कार्यकक्ष राख्ने कुरो सुनिएको थिएन् ।पद सम्हालेदेखि नै ऊर्जामन्त्री खड्काले कुलमानलाई तह लगाउने योजनाका साथ आएका थिए । उनले यसका लागि केही समयमै ऊर्जा विज्ञको रुपमा प्रबल अधिकारीलाई प्राधिकरण ल्याएका थिए।प्रबल अधिकारीले मन्त्रीको अपेक्षा अनुसार परिणाम दिन सकेनन् । त्यसपछि कुलमानले मन्त्रीले भने अनुसारको सरुवामा सहमति नजनाएपछि दुवै बीच टकरावको स्थित थप बलियो हुन गयो ।

     

    त्यसपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा कुलमानलाई हटाउने तयारी ऊर्जा मन्त्रालयमार्फत नै भयो। विज्ञ अधिकारीको सुझावमा ऊर्जामन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण सोध्ने काम गरियो । तर मन्त्री खड्काले हटाउन पाएका छ्रनन् । 
    उनलाई मन्त्री भएर पनि कर्मचारीलाई हटाउन नपाएको ईख बलियो गरी बसेको देखिएको ती कर्मचारीले जनाएका छन् । ती अधिकारीका अनुसार कोठाका लागि घिसिङलाई व्यवस्था मिलाउन भने भई हाल्थ्यो । तर कर्मचारी पठाएर कोठा खोज्नुको पछाडि तह लगाउन खोजेको पुष्टि हुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij