Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

  • बागमती  । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो । 

    कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।  आव २०८०÷८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । 

    बजारको मागभन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरेअनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिनादेखि दूधको भुक्तानी दिन नसकेको उहाँले बताउनुभयो । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसानबाट दूध खरिद गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij