
काठमाडाँैं । काठमाडौँ प्रहरीले भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ परेको छ ।पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताए ।उनीहरूबाट भन्सार छली गरी ल्याएको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij