![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको मंसिर २६ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij