Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

अर्थतन्त्र सहज अवस्थामा नरहेको अर्थमन्त्रालयको स्वीकारोक्ति

अर्थतन्त्र सहज अवस्थामा नरहेको अर्थमन्त्रालयको स्वीकारोक्ति

  • काठमाडौँ ।देशको अर्थतन्त्र सहज अवस्थामा नरहेको अर्थमन्त्रालयले स्वीकार गरेको छ ।प्रतिपक्षी दल लगायतका नेता तथा विज्ञहरूले देशको अर्थतन्त्र समस्यामा रहेको बताइरहेको बेला सरकारका दुई सचिवले यस्तो बताएका हुन् । अर्थ मन्त्रालयका दुई सचिवले संसदीय समितिमा मन्त्री विष्णु पौडेलकै सामुन्ने राजस्व संकलनदेखि लगानी विस्तारका दृष्टिले अर्थतन्त्र कमजोर अवस्थामा रहेको बताए ।

    images

    अर्थ समितिले मुलुकको आर्थिक अवस्था र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा छलफलका लागि बुधबार राखेको बैठकमा अर्थसचिव डा. रामप्रसाद घिमिरेले बाह्य क्षेत्रका सूचक सकारात्मक रहेपनि आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनौती रहेको बताए।उनका अनुसार  अहिलेसम्म पुँजीगत खर्च ११.२ प्रतिशत भएको तर त्यसलाई सन्तोषजनक  छैन् ।उनले भने ‘पुँजीगत खर्च ११.२ प्रतिशत भएको छ। तर यो सन्तोषजनक होइन। गत वर्षको दायित्व भुक्तानी गर्दा विगतभन्दा सुधार आएको हो ।  बैंकिङ क्षेत्रको कर्जा अपेक्षा अनुसार बढ्न सकेन। बैंकको ब्याजदर एकल अंकमा आउँदा पनि लगानी विस्तार भएन। आन्तरिक अर्थतन्त्र चलायमान बनाउने चुनौती छ।’

    चालु आर्थिक वर्ष पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएकामा अहिलेसम्म ३९ अर्ब ७५ करोड रुपैयाँ मात्र खर्च हुन सकेको छ। यस्तै नेपाल राष्ट्र बैंकले ऋण १२.५ प्रतिशतले विस्तार हुने लक्ष्य लिएकामा २ प्रतिशत माथि जान सकेको छैन।सचिव घिमिरेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक छिटो टुंग्याउन आग्रह गरे।बैठकमा राजस्व सचिव दिनेश घिमिरेले लक्ष्य अनुसार राजस्व संकलन गर्न निक्कै मिहेनत गर्नुपर्ने अवस्था रहेको बताए। राजस्व सचिव घिमिरेका अनुसार लक्ष्यको तुलनामा ७६.२४ प्रतिशतभन्दा राजस्व संकलन हुन सकेको छैन।उनले तस्करीका कारण राजस्व प्रभावित भएको  संकेत गर्दै भने ‘खुला सिमानाका कारण चुनौती बेहोरिरहेको अवस्था छ,’ 

    राजस्व सचिव घिमिरेले वैदेशिक सहयोगका आयोजनामा भन्सार छुट दिएका कारण पनि राजस्वमा असर गरेको दर्शाए ।‘राजस्वमा दिएको छुटका कारण समस्या देखिएको छ। दूरसंचार क्षेत्रबाट जुन राजस्व प्राप्त हुन्थ्यो, त्यो घट्दै गएको छ। बैंकिङ क्षेत्रको ऋण परिचालन नहुँदा उनीहरूको नाफा घटेर राजस्वमा असर देखियो । सरकारले लगानी गरेका ठूला पूर्वाधारबाट प्रतिफल आएन। पछिल्लो समय बाढीपहिरोले पनि राजस्वमा असर ग¥यो।’

    सरकारले चालु वर्ष १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा ५ महिना बित्न लाग्दा जम्मा ३ खर्ब ८९ अर्ब रुपैयाँ उठाएको छ।

    राजस्वको लक्ष्यमा धक्का लागेपछि मन्त्रालयले नक्कली बिल बीजकमाथिको छानबिन अगाडि बढाएको छ। राजस्व सचिव घिमिरेले भने   ‘ नक्कली बिल बीजकमा छानबिन गर्दै छौं। अन्तशुल्क स्टिकरको पनि समस्या छ,’ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij