Logo

Mar 15 2025 | २०८१, चैत २गते

Mar 15 2025 | २०८१, चैत २गते

images

१० प्रतिशत नगद लाभांश वितरण गर्ने र सञ्चालक समितिमा गरिएको मनोयन अनुमोदन गर्दै नबिलको साधारण सभा सम्पन्न

१० प्रतिशत नगद लाभांश वितरण गर्ने र सञ्चालक समितिमा गरिएको मनोयन अनुमोदन गर्दै नबिलको साधारण सभा सम्पन्न

  • काठमाडौँ । नबिल बैंक लिमिटेडको ४०आँै  वार्षिक साधारणसभा सम्पन्न भएको छ ।२०८१ साल मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज मंसिर २७ गते  ४०औंँवार्षिक साधारण सभा राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो ।कम्पनी ऐन, २०६३ को दफा ६७ तथा बैंकको नियमावलीको व्यवस्था अनुसार सम्पूर्ण शेयरधनीहरूलाई  जानकारी तथा उपस्थितिको लागि सूचना प्रकाशित गरिएको थियो ।

     राष्ट्रिय सभा गृह  प्रदर्शनी मार्ग काठमाडौँमा  बिहान १०ः०० बजेदेखि  शुरु भएको साधारण सभामा  प्रस्तुत गरिएका प्रस्तावहरूमा छलफल गरी पारित गरिएको जनाइएको छ । प्रस्तुत गरिएका प्रस्तावहरूमा  सञ्चालक समितिको प्रतिवेदन २०८०÷८१ पारित गर्ने ,. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८०÷८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू स्वीकृत गर्ने , यस बैंकको सहायक कम्पनीहरु नबिल ईन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको आ.व. २०८०÷८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने,  सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ आषाढ मसान्तमा कायम रहेको चूका पूँजीको १० प्रतिशतका दरले हुने रकम रु. २,७०,५६,९९,६७२.२३ (अक्षेरेपी दुई अर्ब सत्तरी करोड छपन्न लाख उनान्सय हजार छ सय बहतर रुपैयाँ र त्रियान्नब्बे पैसा मात्र) नगद लाभांश (कर सहित) वितरण स्वीकृत गर्ने ,  आ.व. २०८१÷८२ (२०२४÷२५) को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने,  साधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ (दुई) को निर्वाचन गर्ने तथा सञ्चालक समितिले संस्थापक शेयरधनी  आईएफआईसी बैंक पीएलसी, बंगलादेशको तर्फबाट मनोनित  सइद मन्सुर मुस्तफालाई सञ्चालक नियुक्त गरेको निर्णय स्वीकृत गरी अनुमोदन गर्ने गरी गरिएको प्रस्ताव पारित भएको हो ।

    nabil1.jpeg

    यसैगरी विशेष प्रस्तावको रूपमा  नियमावलीको नियम ३१ (२) र ३१ (४) मा रहेको विद्यमान व्यवस्थामा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्ने तथा संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने , नबिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न÷गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्कनका लागि मूल्याङ्कनकर्ता नियुक्त गर्न, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने , आ.व. २०८०÷८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्ने  प्रस्तुत गरिएका थिए ।

    कम्पनीले जनाए अनुसार मनोनयन समेत गरी बनेको नबिलको मौजुदा सञ्चालक समितिमा , उपेन्द्र प्रसाद पौडेल अध्यक्ष,  निर्वाण कुमार चौधरी सञ्चालक,  मलय मुखर्जी सञ्चालक,  अनन्त पौड्याल सञ्चालक,  प्रविन टिवडेवाला सञ्चालक,  विश्वप्रकाश पौडेल कम्पनी सचिव, सइद मन्सुर मुस्तफा सञ्चालक रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij