Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

५.५ प्रतिशत लभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न

५.५ प्रतिशत लभांश वितरण गर्ने लगायतका प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीको २०८१ साल कार्तिक १४ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकको निर्णयानुसार १८ औँ  वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनीहरूलाई जानकारी गराई मंसिर २७का दिन सम्पन्न भएको साधारण सभाबाट सञ्चालक समितिले प्रस्तुत गरेका प्रस्तावलाई पारित गरिएको हो ।

    ime gbl1.jpeg

    बिहान १०.०० बजे बोलाइएको साधारण सभामा सामान्य प्रस्ताव अन्तर्गत   सञ्चालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित,  लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०÷८१ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने , यस बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई सेक्यूरिटिज लि. (साविक जेविएनएल सेक्युरिटिज लि) को आ.व २०८०÷८१ को वित्तीय विवरण सहितको एकीकृत  वित्तीय विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८१÷८२ को लेखापरीक्षण कार्यका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र  स्वतन्त्र सञ्चालकको नियुक्तीको जानकारी सम्बन्धमा प्रस्तुत गरिएको प्रस्ताव पारित गरिएको जनाइएको छ ।

    यसैगरी  विशेष प्रस्तावको रूपमा  सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८१ साल आषाढ मसान्त सम्म कायम रहेको सञ्वित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट बैंकको चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हद सम्म जारी तथा चुक्ता पूँजी बृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने , बैंकको प्रबन्धपत्र÷नियमावली संशोधनमा नियमनकारी निकायहरूबाट कुनै थपघट वा संशोधन गर्न निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावलाई साधारण सभाले पारित गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij