Logo

Dec 26 2024 | २०८१, पुस ११गते

Dec 26 2024 | २०८१, पुस ११गते

images
मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा

नया सडक

२०८१, मंसिर २९ शनिबार

  • 99
    Shares

  • मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा

    जनकपुरधाम ।  मधेश प्रदेशअन्तर्गत स्थानीय तहका कर्मचारीहरू पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रदेशअन्तर्गत स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारीहरू पदस्थापनाको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरमाधमा धर्नामा बसेका छन् । पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको कर्मचारीहरूको गुनासो छ ।

    एक वर्षअगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारीहरू कामविहीन भएपछि आन्दोलनमा उत्रेको स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक वीरबहादुर सलौराले बताउनुभयो । सुरुदेखि नै पटकपटक समस्या समाधानका लागि माग गरिए पनि प्रदेश सरकारले पदस्थापना नगरेको उहाँले बताउनुभयो । यहाँ स्थानीय तहका एक हजार कर्मचारी कार्यरत रहेका बताइएको छ । सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भएका कर्मचारीहरूको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीहरूको पदस्थापना नभएको सलौराले भन्नुभयो । पदस्थापना नभएकाले थप सेवासुविधासमेत पाउन समस्या भएको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij