काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । यस कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । फाइनान्सले आर्थिक वर्ष २०८०-८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।