Logo

May 10 2025 | २०८२, वैशाख २८गते

May 10 2025 | २०८२, वैशाख २८गते

images

सहकारीलाई राष्ट्र बैंकको नियमनमा नराखी क्रिप्टोकरेन्सीलाई वैध बनाउनुपर्ने पूर्व गभर्नरको सुझाव

सहकारीलाई राष्ट्र बैंकको नियमनमा नराखी क्रिप्टोकरेन्सीलाई वैध बनाउनुपर्ने पूर्व गभर्नरको सुझाव

  • काठमाडौँ । सहकारीलाई नेपाल राष्ट्र बंैकको नियमनमा नराखी क्रिप्टोकरेन्सीलाई वैध बनाउनुपर्ने सुझाव एक पूर्व गभर्नरले दिएका छन् ।पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष समेत रहेका डा. खतिवडाले राष्ट्र बैंकको नियमनमा सहकारी गए स्वनियमन हटाउनुपर्नेे बताए ।

    sahakari3.jpeg

    उनका अनुसार सहकारीलाई राष्ट्र बैंकको नियमनमा राख्ने मोह छोड्नु पर्छ । राजनीति  गर्ने नियमनमा बस्न चाहँदैन। सहकारीका अधिकांश सञ्चालक राजनीतिमा छन् । सहकारी राष्ट्र बैंकको नियमनमा गयो भने भोलि अर्कै समस्या आउँछ ।पूर्वअर्थमन्त्री खतिवडाले लेखापरीक्षक (अडिटर)हरूले पेशागत धर्म छोडेको दिन सिलिकन भ्यालीको हालत हुने चेताए । अर्थ सामाजिक व्यवस्थाको एउटा अंग भएको बताउँदै उनले बैंकिङ प्रणाालीबाट अब सहकारीमा समस्या नरहेको बताए । साथै बैंकिङ क्षेत्रको ब्याजदर उच्च हुँदा सबै क्षेत्रलाई समस्यामा पारेको उनको भनाइ छ ।

    sahakari 4.jpeg

    सहकारी कोषहरू पारदर्शी हुनुपर्छ । लेखापरीक्षक सुशासनमा बस्नुपर्छ । अडिटरले पेशागत धर्म छोड्नु हुँदैन ।अडिटरले कमजोरी गर्दा  सिलिकन भ्यालीका बैंक डुबेको दृष्टान्त प्रस्तुत गर्दै डा. खतिवडाले  त्यो अवस्था हाम्रोमा आउन दिन नहुने बताए ।अर्थतन्त्र नबिग्रिएको तर अपेक्षा गरिएजस्तो पनि नरहेको बताउँदै उनले ६० खर्ब बचतको ५ प्रतिशत ब्याज हुँदा बचतकर्तालाई धेरे घाटा भएको उनले बताए ।

    जति सहकारी संस्था बिग्रिएपनि अब सुधारको बाटोमा जानुपर्ने अपेक्षा व्यक्ता गर्दै  सही वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरू समस्यामा नरहेको र सबै सहकारी नबिग्रिएको बताए । साथै पछिल्लो समय सहकारीप्रतिको धारणा सकारात्मक हुँदै गएको समेत उनको बुझाइ छ ।

    बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गर्ने बहसबारे उनले सरकारले चेक काटेर दिने होइन, सरकारले कसैको ऋण तिरिदिँदैन पनि बताए । ५ लाखसम्म बचत फिर्ता गर्ने भनेको संस्थाको सम्पत्ति बिक्री गरेर हो ६ लाखले पनि पाउनु प¥यो  उसको पनि बचत भएको उनले जनाए ।क्रिप्टोकरेन्सीबाट धेरै देशले राम्रो आम्दानी गरेको तर, नेपालमा त्यो अवैध रहेको उनको भनाइ छ । त्यसैले देशको नीति अनुसार काम गर्नुपर्ने पूर्वअर्थमन्त्री खतिवडाले बताए ।

     

     

     

     


     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij