काठमाडौँ । २६ औँ पोखरा महोत्सवको आयोजना गर्न लागिएको छ । आयोजकले एक पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो । आयोजकका अनुसार पर्यटकिय सुन्दर नगरी पर्यटनको राजधानी पोखराको लेकसाइड क्षेत्रमा विगत २५ वर्ष देखी निरन्तर रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रैजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना गर्दै आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई "अंग्रैजी नयाँ वर्षको गन्तव्य स्थल को रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले मिति २०८१ पौष १३ गते देखि १७ गते सम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुँदैछ । "सडक मै खाउ, सडक मै नाचौं सडक मै रमाउँ" भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको छ ।
आयोजकले भनेका छन् ‘ परिवर्तित समय सँगै महोत्सनलाई अलि पृथक र आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिरहेका छौ ।कला/संस्कृति प्रवर्द्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र त्यसको प्रचार प्रसार तथा ब्राण्डिङ्ग गराउने एउटै थलो पोखरा सडक महोत्सवले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएकोछ । समग्रमा सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने गतिलो माध्यम बनेको छ ।’
पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँवर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो। नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे। तर, विगत २५ वर्ष देखिको निरन्तरताले अब नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृजना गराएको छ । यहि महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।
आयोजकले भनेका छन् ‘ महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टंग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुब, पोखराको पर्यटन विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकिय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सज्जि सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने जानकारी गराउँदछौ ।’
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा वुअरी प्रालिको टुबोर्ग वियर र सह प्रायोजकमा ज्याक ड्नियल हिस्की, पेप्सी नेपाल टेलिकम, जिंक, खुकुरी रम रहेका छन् । प्रवर्द्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् । अफिसियल बैंकमा सिद्धार्थ बैंक र अफिसियल टि.भि. मा ए.बि.सी. टि.भि. रहेका छन । यस महोत्सवलाई सबैले अपनत्व हुने गरी पर्यटक लक्षित गराउनका लागि हामी यहाँहरुबाट थप सल्लाह र सुझावको पनि अपेक्षा गरेका छौ। अन्तमा विगत वर्षहरुमा झै यस वर्ष पनि यहाँको सकारात्मक साथ र सहयोगको अपेक्षा सहित उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै २६ औं पोखरा सड्क महोत्सव संयोजक विकास भट्टराईले पोखरा महोत्सवका बारेमा जानकारी दिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij