Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Jun 08 2025 | २०८२, जेठ २५गते

    मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो’

    मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो’

    • नयाँ सडक
    • बिहीबार , पुस ४ २०८१
  • 681
    Shares
  • 681
    Shares
  • मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो’
    कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ । जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ तर प्रचुर सम्भावना भएर पनि यसबाट धेरै लाभ लिन सकिएको छैन । नवीन प्रविधि, उन्नत मलखाद र यान्त्रिकीकरणको अभावमा यहाँका किसानले उत्पादन बढाउन सकेका छैनन् । पुरानै तरिकाले खेती गर्दा सोचेअनुसार उत्पादन हुन नसकेको किसानको गुनासो छ । चार वर्षदेखि सात बिघा जग्गामा तोरीखेती गर्दै आउनुभएका वडा नं ६ का किसान बोमबहादुर रावल यान्त्रिकीकरणमा जोड दिन नसक्दा उत्पादन वृद्धि गर्न नसकिएको बताउनुहुन्छ । सात बिघा जग्गामा प्रतिवर्ष २८ क्विन्टल तोरी उत्पादन भए पनि आधुनिक उपकरणको प्रयोग गर्न सके उत्पादन धेरै बढाउन सकिने उहाँको विश्वास छ । “सीमावर्ती क्षेत्र भारतका किसानले थोरै जग्गामा तोरीको खेती गरी मनग्य उत्पादन गरिरहेका छन् । भारतीय किसानले खेत जोत्नका लागि आधुनिक रोटाभेटर, बीउ छर्नका लागि सिडड्रिल, प्रोसिडर मेसिनको प्रयोग गर्छन्, हामी कहाँ पुरानै पद्धति छ । अत्याधुनिक प्रविधि उपलब्ध नहुँदा यहाँ उत्पादन बढी हुँदैन”, रावलले भन्नुभयो । यहाँका अधिकांश किसानले हातले नै तोरी छर्दा कतै बाक्लो त कतै पातलो उम्रिने गर्छ । जसले गर्दा बोट सप्रिन पाउँदैन । उत्पादनमा त्यस कार्यले असर गर्छ । मिहिनेतअनुसार उत्पादन हँुदैन । सबै किसानको पहुँचमा आधुनिक यन्त्र र उपकरण पुग्न नसक्दा बढी लाभ लिन नसकिएको सबैजसो किसानको भनाइ छ ।
     
    उत्पादन बढाउनका लागि आधुनिक यन्त्र, उपकरणसँगै उन्नत जातको बीउ, मलको आपूर्ति सहज हुनैपर्ने किसानले बताउने गरेका छन् । “अधिकांश किसानले यन्त्र र उपकरण खरिद गर्न सक्दैनन् । आर्थिक हैसियतले धान्दैन, किसानको मागलाई दृष्टिगत गरी स्थानीय तह, प्रदेश र सङ्घ सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरे हामीलाई मात्रै होइन राज्यलाई पनि त फाइदा हुन्थ्यो होला”, रावलको कथन छ । अर्का किसान गगन सिंह विष्ट पनि आधुनिक प्रविधि मात्रै होइन, तोरीखेतीका लागि आवश्यक पर्ने सिङ्गल सुपर सल्फेट, बोरोन, म्याग्नेसियमलगायत मलसमेत नपाउँदा उत्पादन वृद्धिमा समस्या हुने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यी मलका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ । मलको सहज आपूर्ति भए पनि अहिलेको भन्दा धेरै तोरीको उत्पादनमा वृद्धि गर्न सकिन्छ ।” तोरी उत्पादनका लागि बेलौरी क्षेत्र पहिलेदेखि नै परिचित छ । खेतमा वैज्ञानिक तरिकाले रासायनिक मलको प्रयोग नहुँदा पहिलेको तुलनामा माटोको उर्वरा शक्तिमा ह्रास आएको स्थानीय किसान बताउनुहुन्छ । प्राङ्गारिक मल, माटोको गुणस्तरमा सुधार गरी उत्पादन बढाउन सकिने भए पनि यसमा पनि कुनै पहल भएको देखिँदैन । नगरपालिकबाट माटो परीक्षणको कार्य मात्रै भएको तर माटो सुधारका लागि कार्यक्रम सञ्चालन नभएको किसानहरूको गुनासो छ । यहाँका किसानले उखुखेतीमा र अलग्गै पनि तोरीको खेती गर्दै आएका छन् । एकातिर उत्पादनका लागि लगानी नहुँने र अर्कोतिर किसानले उत्पादन गरेको तोरीले उचित मूल्य नपाउने समस्याले आफूहरू समस्यामा रहेको धेरैको भनाइ छ । “तोरीको उत्पादन किसानले गर्ने तर बजारमा बेच्न लैजाँदा व्यापारीले मूल्य निर्धारण गरी खरिद गर्ने परिपाटीको अन्त्य हुनर्छ । किसानको लागत खर्च उठ्नेगरी सरकारी तवरबाट मूल्य निर्धारण गरे हामीलाई धेरै सहज हुन्थ्यो”, विष्टले भन्नुभयो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमनराज जोशी पनि नगरपालिकामा दुई सय हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको र त्यसबाट दुई हजार छ सय क्विन्टल उत्पादन भइरहेको बताउनुहुन्छ । किसानको सहजताका लागि नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको ससर्त अनुदान रु १० लाख र सम्झौता बहुउद्देश्यीय सहकारीको रु पाँच लाख गरी रु ३० लाखमा तोरी पेल्ने उद्योग सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । “किसानलाई मर्का नपर्ने गरी मिलले तोरी खरिद गर्दै आएको छ । बजारमा पाइने मिसावट भएको तेललाई विस्थापित गरी आफ्नो छुट्टै तोरीको तेल ‘ब्रान्डिङ’ गरेर बजारमा बिक्रीवितरण गर्ने उद्देश्य राखेर उद्योग सञ्चालनमा ल्याइएको हो । उद्योगको दैनिक पाँच सय लिटर प्रशोधित तेल उत्पादन गर्ने क्षमता छ । अब यसको उपयोगमा जोड दिन्छौँ”, शाखा प्रमुख जोशीले भन्नुभयो । उहाँले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयबाट ब्याच नम्बर लिई व्यवस्थित रूपमा तेलको बजारीकरण गर्ने प्रयास भइरहेको बताउनुभयो । “तोरीको उत्पादन बढाउनका लागि किसानलाई आवश्यक तालिम र अनुदानका कार्यक्रम हुँदै आएका छन्”, जोशी भन्नुभयो, “तालिम र अनुदानका कार्यक्रममा नसमेटिएका किसानलाई समेट्नका लागि कार्यक्रम सञ्चालन गर्छौं ।” –––

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २५ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...
    • २

      नेपाल आयल निगम गण्डकी कार्यालयका प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ४.४८ लाख बिगो दाबी
    • ३

      प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित
    • ४

      पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते
    • ५

      प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV