Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

राजस्व अनुसन्धान विभागद्वारा भन्सार कर्मचारीसहित ३४ जना विरुद्ध राजस्व चुहावटको मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा भन्सार कर्मचारीसहित ३४ जना विरुद्ध राजस्व चुहावटको मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागद्वारा भन्सार कर्मचारीसहित ३४ जना विरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरिएको छ ।विभागले  राजस्व चुहावटमा संलग्न रहेकाहरूविरुद्ध   जनकपुरधाम लग्मा  जटही छोटी भन्सार कार्यालयका ४ जना कर्मचारी  २५ जना भूतपूर्व भारतीय गोर्खा सैनिकहरु गरी जम्मा ३४ जना प्रतिवादीहरु विरुद्ध शतप्रतिशत बिगो जरिवानासमेत गरी साढे १० करोड बढीको मुद्दा दायर गरेको हो ।

    images

    विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम कायम गरिएको विगो रकम रु. पाँच करोड छत्तीस लाख दुई हजार चार सय छैसट्टी रुपैया र सोही ऐनको दफा २३(१) बमोजिम जफत गरी विगोको शतप्रतिशतले हुने जरिवाना रकम रु. पाँच करोड छत्तीस लाख दुई हजार चार सय छैसठ्ठी रुपैया समेत गरी जम्मा रकम रु. दश करोड बहत्तरलाख चार हजार नौ सय बत्तिस जरिवानासमेत र सजायको मागदाबी लिई  मंसिर ३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा अभियोगपत्र दायर गरिएको जनाएको हो ।

    विभागले जारी गरेको विज्ञप्ति अनुसार कार्यालय जनकपुरधाम अन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयबाट २०८१ साल असोज ६गते जाँचपास भएका HR38Z4112 र HR38AF0631नम्बरको मालवाहक ट्रकहरुमा भएका कुर्ता सुरुवाल लगायतका मालवस्तुहरुको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले भौतिक निरीक्षण गर्दा प्रज्ञापन पत्रमा घोषणा भएका भन्दा फरक मालवस्तुहरु फेला परेको थियो । सोको विस्तृत अनुसन्धान गरी राजस्व चुहावट गरेको कसुरमा देश भारत जिल्ला मधुवनी गाउँ जोरला बस्ने वर्ष ३६ को HR38AF0631 नम्बरको ट्रकको सवारी चालक महम्मद आलम, देश भारत जिल्ला सुलतानपुर गाउँ बरला बस्ने वर्ष ४० को HR38Z4112 नम्बरको ट्रकको सवारी चालक शेरबहादुर सिंह, जिल्ला नुवाकोट विदुर नगरपालिका वडा नं ८ बस्ने वर्ष ४२ को अमृत कुमार श्रेष्ठ, जिल्ला लमजुङ बेशीशहर नगरपालिका वडा नं.१० बस्ने वर्ष ३९ को महेन्द्र गुरुङ, जिल्ला गुल्मी रुरुक्षेत्र गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ४४ को रुद्र प्रसाद श्रेष्ठ, जनकपुर भन्सार कार्यालय जनकपुरधाम अन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयमा भन्सार जाँचपासमा संलग्न भन्सार अधिकृत १ जना र ३ जना नायब सुब्बा समेत गरी ४ जना कर्मचारीहरु र हरि कृष्ण आले समेत २५ जना भूतपूर्व भारतीय गोर्खा सैनिकहरु गरी जम्मा ३४ जना प्रतिवादीहरु विरुद्ध राजस्व चुहावटमा उक्त बिगो र जरिवाना समेत सजायको मागदाबी लिएर मुद्दा दायर गरिएको विभागकी प्रवक्ता उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले विज्ञप्ति जारी गरी जनाएकी छिन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij