
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको उपयोगबाट ६० अर्ब रुपैयाँ बराबरको बोलकबोल आह्वान गरेको छ ।अनलाइन बिडिङ सिस्टम सफ्टवेयर प्रयोग गरी बोलकबोलकर्ताहरूलाई दिउँसो २ बजेसम्मको समय दिएर ६० अर्ब रुपैयाँ बराबरको बोलकबोल आह्वान गरिएको हो ।
राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गीकरणका बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न शर्तहरूको अधीनमा रही घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने रकमका लागि बोलकबोल गर्न जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।बोलकबोलबाट तय हुने रकमको ब्याज र साँवाको भुक्तानी पुस २८ गते गरिने जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij