काठमाडौँ । जिल्ला अदालत कास्कीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणविरुद्धमा मुद्दा दायर गरिएको हो ।
सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।
साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij