Logo

Dec 22 2024 | २०८१, पुस ७गते

images
व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार , वैदेशिक व्यापार ३० अर्ब बढीले बढ्यो

नया सडक

२०८१, पुस ७ आइतबार

  • 210
    Shares

  • व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार  , वैदेशिक व्यापार ३० अर्ब बढीले बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको  पाँच महिनामा व्यापार घाटा पौने ६ खर्ब बढी भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको पाँच महिनामा व्यापार घाटा ९ अर्बले बढेको देखिएको हो ।चालु आवको पाँच महिनामा  आयात ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको रहेको छ निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख ७१ ह्जार बराबर रहेको भन्सार विभागले प्रतिवेदनमा जनाएको छ । तदनुसार व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रहेको छ ।

    गत आवमा सोही अवधिमा आयात ६ खर्ब ४२अर्ब २० करोड ८९ लाख ६४ हजार थियो भने निर्यात ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रहेको थियो ।यसैगरी ब्यापार घाटा ५ खर्ब ७९ अर्ब १५ लाख २९ हजार रहेको थियो ।

    चालु आवमा ३० अर्ब बढीको वैदेशिक व्यापार बढेको छ । पाँच महिनामा वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रहेको छ ।यो गत आवको पाँच महिनामा ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस