
काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्कासनको प्रस्ताव राखेर १६औं वार्षिक साधारण सभा बोलाएको हो । सभा यही पुस २९ गते काभ्रेपलाञ्चोकको धुलिखेल लज रिसोर्टमा दिउँसो साढे १२ बजे बस्नेछ ।
सभामा एफपीओ निष्कासनसँगै संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रबन्धपत्र एवं नियमावलीमा संशोधन गर्नेलगायतका प्रस्ताव पेश गरिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई एफपीओ निष्कासनको तयारी गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij