Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

एडिडासको एक्सचेन्ज अफर सार्वजनिक

  • काठमाडौ । सामाजिक उत्तर दायित्वलाई आफ्नो मुल मर्म बनाउदै आएको   यस  रुट्स फेसन प्रालिले यस बर्ष पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न सामाजिक संस्थासंग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ । बिगतमा पनि बिभिन्न सामाजिक संस्थासंग सहकार्य गर्दै साहारा बिहीनहरुकालागि थोरै मात्रामा भएपनि हातेमालो गर्दै आएको थियो । 

    सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले संचालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको थियो । 
    यस पटक पनि यस रुट्स फेसन प्रा.लिले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उदेश्य लिएको छ । यस रुट्स फेसन प्रालि अन्र्तगत एडिडासको नेपालकालागि आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको छ । यस प्रा.लिले दरवारमार्ग, जावलाखेल,  न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट संचालन गर्दै आएको छ । 

    तीन वटा सामाजिक संस्थासंग सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयां जुत्तामा छुटको अफर) घोषणा गरेको छ । जस अन्र्तगत १२९९० सम्मका जुत्तामा ३ हजार छुट, १२९९०देखि २२९९० सम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट, २२९९० भन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट दिने घोषणा गरेको छ । 

    यो योजना अन्र्तगत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रुममा यो अफर लागू हुने पनि रुट्स फेसन प्रा.लिले जनाएको छ । जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ । यसरी संकलन भएको पुराना जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्वर २५ देखि २०२५ जनवरी २४ सम्म संचालन हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij