Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

राष्ट्र बैंकद्वारा ४० अर्बका लागि १२ दिने निक्षेप संकलन बोलकबोल आह्वान

राष्ट्र बैंकद्वारा ४० अर्बका लागि १२ दिने निक्षेप संकलन बोलकबोल आह्वान

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले  निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार ४० अर्ब तरलता खिच्न जनाएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । बोलकबोलकर्ताले आज दिउँसो २ बजे सम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    यो निक्षेप संकलन उपकरणको उपयोग १२ दिनका लागि गरिएको छ ।  पुस २१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र र्बैकले २१ दिनका लागि निक्षेप संकलन आह्वान गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij