कजाकिस्तान । काजाकिस्तानमा ६७ जना यात्रु बोकेको एउटा यात्रुवाहक विमान दुर्घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्।प्रारम्भिक जानकारी अनुसार त्यहाँ २५ जना बाँचेका छन् जसमध्ये २२ जनालाई अस्पताल लगिएको , कजाकिस्तानको आपतकालीन मन्त्रालयले जनाएको छ।
अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमान अक्ताउ शहर नजिकै खसेको बेला आगलागी भएको थियो । तर त्यसपछि आगो निभाइएको अधिकारीहरूले बताएका छन्।के कारणले दुर्घटना भयो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य सवार रहेको यातायात मन्त्रालयले जनाएको छ ।
अजरबैजान एयरलाइन्सको विमान जे२–८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नी जाँदै थियो। कुहिरोका कारण बाटो मोडिएको बताइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij