Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

भारतबाट गहुँ ल्याउन सरकारको प्रयास निष्फल हुँदा नेपाली मैद्या उद्यमी समुद्रपारबाट गहुँ मगाउँदै

भारतबाट गहुँ ल्याउन सरकारको प्रयास निष्फल हुँदा नेपाली मैद्या उद्यमी समुद्रपारबाट गहुँ मगाउँदै

  • काठमाडौ । भारतबाट गहुँ ल्याउन सरकारको प्रयास निष्फल हुने देखेपछि उद्योगीहरूले गहुँको आपूर्ति समुद्रपारबाट गर्न थालेका छन् । यो माघमा नेपालका मैदा उद्योगहरूमा गहुँको अभाव हुने देखेर उद्योगीहरू समुद्रपारका देशहरूबाट गहुँ मगाउन थालेका हुन् ।उनीहरूले अस्ट्रेलिया र युक्रेनबाट गहुँको आयात गर्न थालेका छन्। भारत सरकारले नेपाललाई गहुँ आयातको कोटा नदिएकाले उनीहरूलाई टाढा जानुपरेको हो ।

    गहुँको पछिल्लो सिजन २०८० को चैत र वैशाखमा स्टकिस्ट व्यापारी र उद्योगले खरिद गरेर भण्डार गरेको गहुँको सफाइ गर्न  थालेका छन् । घुन र किरा लाग्दा औसत प्रति क्विन्टल गहुँमा ४ किलोसम्म धुलो निकाल्न थालेको मैदा उद्योग क्षेत्रका एक उद्योगीले जनाए ।
    सिजनमा भण्डारण गरिएको  गहुँलाई पुसभित्रै प्रशोधन गरिसक्ने उद्योगीहरूको योजनामा हुन्छ । पुराना स्टकका गहुँ छिटोछिटो बिक्री गरिहाल्ने हतारो उनीहरूलाई हुन्छ । त्यसैले उद्योगीहरूले माघदेखि गहुँको अभाव हुने ठानेका छन् । ती उद्योगीहरू मध्ये युक्रेन र अस्ट्रेलियाबाट मगाउनेहरूको  ै गहुँ युक्रेनबाट आइरहेको पनि छ ।

    विराटनगरको गोमती फुड्सले मगाएको गहुँ जनवरीको पहिलो साता आइपुग्ने अपेक्षा गरेको छ ।  युक्रेनबाट २ हजार टन गहुँ आयात उसले मगाएको छ । विराटनगरकै न्युट्री फुड्सको पनि जनवरीको पहिलो साता आइपुग्ने गरी ७ सय टन आउन लागेको छ ।गोमती फुड्सका संचालक नरेश राठीका अनुसार ढिला एलसी खोल्दा उनलाइै महँगो परेको छ । युक्रेनको गहुँ उद्योगसम्म आइपुग्दा प्रति किलो ५४ रुपैयाँ पर्ने छ ।  एक महिना पहिले नै मगाएको भए ५२ रुपैयाँ ५० पैसामै  आइपुग्ने थियो ।

    वीरगंज र भैरहवाका पनि धेरै उद्योगले गहुँको आयात गर्दैछन्। उनीहरूका अनुसार चैत १५ पछि गहुँको नयाँ फसल आउपछि नेपालका उद्योगले लामो समय गहुँका लागि भारतको मुख ताक्नुपर्ने हुँदैन् । युक्रेनबाट माघको पहिलो हप्तासम्ममा ८ देखि १० हजार टन गहुँ आयात भइसक्ने अनुमान गरिएको छ ।

    विराटनरमा स्टकिस्टबाट नगदमा गहुँ खरिद गर्दा किलोको ५४ रुपैयाँ ५० पैसाको मूल्य पर्ने गरेको छ ।  उधारोमा खरिद उही गहुँको किलोमा २ रुपैयाँ महँगो पर्ने गर्छ । भारतको सीमावर्ती राज्य बिहारमा प्रति किलो ४९ रुपैयाँमा कारोबार भइरहेको छ।चालु आर्थिक वर्षको मंसिरसम्ममा अस्ट्रेलियाबाट २ करोड ४२ लाख ८२ हजार रुपैयाँको ४ लाख ८८ हजार ७० किलोग्राम गहुँको आयात भएको भन्सार विभागले जनाएको छ । 

    भन्सारविन्दुमा भन्सार महसुल १० र अग्रिम आयकर २.५ गरी कुल १२.५ प्रतिशत राजस्व तिरेर यो गहुँको आयात गर्दा प्रति किलो ५६ रुपैयाँ परेको देखिएको छ ।यस्तै युक्रेनबाट ४ करोड ६७ लाख ८२ हजार रुपैयाँको १० लाख १ हजार ९६० किलो गहुँको आयात भइसकेको छ। यो गहुँ किलोको ५२ रुपैयाँ ५२ पैसामा भित्रिएको छ। यसरी दुवै मुलुकको गरी मंसिरसम्ममा ७ करोड १० लाख ६४ हजार रुपैयाँको १४ लाख ९० हजार ३० किलोग्राम गहुँको आयात भइसकेको छ।

    रुपन्देहीका मैदा उद्योगीहरूका अनुसार यस वर्ष भारतबाट गहुँ ल्याउने बाटो निष्फल भएपछि समुद्रपारीबाट ल्याउन बाहेकको विकल्प नै रहेको थिएन् ।रूपन्देही नेपालमा गहुँका लागि ठूलो बजार मानिन्छ ।  नेपालमा सबैभन्दा बढी फ्लोर मिल्स पनि यही जिल्लामा ११ वटा छन्। त्यसैले रुपेन्देहीमा गहुँको अभाव हुने आशंका बढेको छ ।

    भारत सरकारले गत आमनिर्वाचन अघि खाद्यान्न सुरक्षाका लागि २०७९ वैशाख ३१ देखि गहुँको निर्यातमा लगाएको प्रतिबन्ध अझै हटाएको छैन। नेपाल सरकारबाट भएका प्रयास निष्फल भएको छ ।धेरै कूट भनसुन भएपछि भारत सरकारले २०७९ पुसमा नेपाललाई ५० हजार टन गहुँ दिने निर्णय गरेको थियो। त्यतिखेर उक्त गहुँ ३८ वटा फ्लोर मिल्सलाई ३३ हजार टन र बाँकी १७ हजार टन आयातकर्ता व्यापारीलाई वितरण गरिएको थियो। आर्थिक वर्ष २०७९÷८० मा ३९ हजार ४३७ टन गहुँ आयात भएको भन्सार विभागले जनाएको छ।

    यस्तै भारत सरकारले २०८० सालका लागि २०८० जेठको पहिलो सातामा निर्णय गर्दै नेपालका लागि ३ लाख टन गहुँ निर्यातको स्वीकृति दिएको भएपनि  उक्त गहुँ  सबै भित्रिएको थिएन। भारतले दिने भनिएको ३ लाख टनमध्ये नेपालका उद्योगी–व्यवसायीले १ लाख २६ हजार १८१ टन मात्र आयात गर्न सकेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij