Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

चोरी निकासी गरी ल्याउन खोजिएको साढे तीस लाख बराबरको मालवस्तु बारा प्रहरीको नियन्त्रणमा

चोरी निकासी गरी ल्याउन खोजिएको साढे तीस लाख बराबरको मालवस्तु बारा प्रहरीको नियन्त्रणमा

  • काठमाडौँ ।  बारा प्रहरीले साढे तीस लाख बढीको सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।बारा जिल्ला प्रहरीबाट खटिएको प्रहरी नायब निरीक्षक मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा न ७ जितपुर चोकमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक नम्बर  ना ४ ख ३९८४मा बिलबीजक भन्दा बढी मालसामान फेला पारेको थियो ।
    जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नयाब उपरिक्षक प्रकाश सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ मिति २०८१÷०९÷०९ गते बेलुका अं. २०ः४५ बजेको समयमा ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट प्र.ना.नि.मोह नारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.७ जीतपुर चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना४ ख ३९८४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढी समानको स्रोत खुलाउन नसकेको अं. मुल्य रू. ३० लाख ६७ हजार ७ सय ९६ रूपैया बराबरको ट्रकमा लोड गरेको कपडा, चना, ब्याट्री र थर्मोकोल दाना लगायत अन्य खुद्रा समानहरू समेत ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको व्यहोरा सूचित गरिन्छ ।’

    images

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij