Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

लहानमा कृषि विकास बैंकले  ऋणी राम चन्द्र यादवको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको आरोप

लहानमा कृषि विकास बैंकले  ऋणी राम चन्द्र यादवको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको आरोप

  • सिरहा।सिरहा जिल्लाको लहान वडा नं. २ निवासी राम चन्द्र यादवले कृषि विकास बैंक लहान शाखाको ज्यादतीका कारण आफ्नो परिवार गम्भीर संकटमा परेको गुनासो गरेका छन् । बैंकले कानूनी र नैतिक प्रक्रिया विपरीत यादवको करोडौं मूल्य बराबरको सम्पत्ति कौडीको भाउमा लिलाम गरेको आरोप लागेको छ । यादवले मिति २०७७ फागुन १५ गते कृषि विकास बैंक लहान शाखाबाट रु. ३०,००,००० (तीस लाख रुपैयाँ) कर्जा लिएका थिए । उक्त कर्जाका लागि धरौटीका रूपमा उनले सिरहाको साविक सिंगराही मटियर्वा गाउँ विकास समितिको कि.नं. ४६९ अन्तर्गत रहेको ७.२५ धुर जग्गा र त्यहाँ बनेको १२ कोठे दुईतल्ले पक्की घर बैंकमा रोक्का राखेका थिए । यादवले कर्जा लिएको तीन वर्षभित्र रु. १९,९२,७७३ भुक्तानी गरे तापनि बैंकले २०८० असोज २९ मा उक्त सम्पत्तिलाई लिलामीको सूचना जारी गरेको थियो । पीडित यादवका अनुसार, जग्गा र घरको वास्तविक मूल्यांकन रु. १ करोड ९५ लाख भएको थियो । तर बैंकले उक्त सम्पत्तिलाई मात्र रु. ३५ लाखमा सुनसरीको भोकराहा गाउँपालिकाकी तारा कुमारी रौनियारको नाममा रजिष्ट्रेसन पास गरिदिएको छ ।

    यादवले भने, "म यसअघिदेखि नै नियमित रूपमा व्याज तिर्दै आएको छु । तर बैंकले मलाई पटक–पटक फोनमार्फत धम्की दिँदै मेरो सम्पत्ति लिलाम गरिदिने चेतावनी दिएको थियो । बैंकले वास्तविक मूल्यांकन बिना नै यस्तो निर्णय गर्यो, जुन अन्यायपूर्ण छ ।" राम चन्द्र यादवले आफ्नो सम्पत्ति फिर्ता गर्न आग्रह गर्दै बैंकको कदमलाई गम्भीर लापरबाहीको संज्ञा दिएका छन् । "म आफैं रु. ३५ लाख बुझाएर जग्गा फिर्ता लिन तयार छु । यस घटनाले लहान क्षेत्रमा व्यापक आक्रोश सिर्जना गरेको छ । स्थानीयवासीहरूले बैंकको निर्णयलाई अनैतिक र कानूनी प्रक्रियाविपरीत ठहर गरेका छन् । "यति ठूलो सम्पत्ति कौडीको भाउमा लिलाम गर्नु ठाडो अन्याय हो । यस्तो कदमले सर्वसाधारणलाई बैंकप्रति अविश्वास पैदा गर्छ," स्थानीय एक व्यक्तिले बताए । यादवले सरकार, मानव अधिकारवादी संस्थाहरू, र न्यायालयसँग यस घटनाको निष्पक्ष छानबिन गरी आफ्नो सम्पत्ति फिर्ता गराउन सहयोगको अपिल गरेका छन् । यो घटनाले बैंकिङ प्रणालीको पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । पीडित यादव र उनका परिवारले न्यायको आशा गरिरहेका छन्, भने स्थानीयवासीहरू बैंकको यस्तो कदमलाई रोक्न ठोस कदम चाल्न माग गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij