Logo

Dec 27 2024 | २०८१, पुस १२गते

Dec 27 2024 | २०८१, पुस १२गते

images
चालु आवको पाँच महिनामा १० कार्यालयबाट शून्य निर्यात , सबै भन्दा बढी वीरगञ्ज भन्सार

नया सडक

२०८१, पुस ११ बिहीबार

  • 60
    Shares

  • चालु आवको पाँच महिनामा १० कार्यालयबाट शून्य निर्यात , सबै भन्दा बढी वीरगञ्ज भन्सार

    काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा १० वटा भन्सार कार्यालयबाट शून्य निर्यात भएको छ ।भन्सार विभगले जनाए अनुसार  २७ वटा भन्सार कार्यालय मध्येबाट १०वटा भन्सार कार्यालयबाट शून्य निर्यात भएको हो ।

    सबैभन्दा बढी निर्यात वीरगन्ज र विराटनगर भन्सार कार्यालयबाट भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट १९ अर्ब २५ करोड ९९ लाख रुपैयाँ वस्तु निर्यात भएको छ भने  विराटनगरबाट १५ अर्ब ३५ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै त्रिभुवन विमानस्थलबाट १५ अर्ब २३ करोड ७१ लाख, मेचीबाट ११ अर्ब ४७ करोड ८४ लाख रुपैयाँको वस्तु निर्यात भएको विभागको तथ्यांक प्रतिवेदनमा छ ।

    विभागका अनुसार भैरहवा, ड्राइपोर्ट, रसुवा, कृष्णनगर, नेपालगन्ज, सर्लाही, कैलाली, जलेश्वर, पशुपतिनगर, कञ्चनपुर, गौर, भद्रपुर र सिरहा भन्सार कार्यालयबाट पनि निर्यात हुने गरेको छ । सबैभन्दा बढी आयात हुने भन्सार कार्यालयमा वीरगन्ज, भैरहवा, ड्राइपोर्ट, विराटनगर, त्रिभुवन विमास्थल, रसुवा र नेपालगन्ज रहेका छन् ।

    वीरगन्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब २६ करोड ५६ लाख रुपैयाँको वस्तु आयात भएको छ । भैरहवाबाट १ खर्ब ३ अर्ब १९ करोड ९५ लाख, ड्राइपोर्टबाट ८६ अर्ब ९५ करोड ३६ लाख, विराटनगर ६९ अर्ब ७४ करोड ५१ लाख रुपैयाँको वस्तु आयात भएको विभागले जनाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2024 All right reserved to Nayasadak.com | Site By : Sobij