Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको  काम दुई तिहाइ काम पूरा

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको  काम दुई तिहाइ काम पूरा

  • रसुवा । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी भन्सार नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको दुई तिहाइ भन्दा बढी काम पूरा भएको छ ।चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको दुई तिहाइ बढी काम  पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी सार्वजनिक गरेका हुन् ।

    images

    भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायक मार्गको निर्माण, बगर समथर पार्नेे, गोदामका दुई भवन निर्माण भएका छन् ।आगामी असार मसान्तसम्ममा निर्माण  पूरा  गर्ने गरी  काम द्रुतगतिमा भइरहेको छ । संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालबाहक र एक सय साना सवारी साधन पार्किङ गर्न सकिने गरी यो सुख्खा बन्दरगाहको निर्माण भइरहको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij