Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

दक्षिण कोरियामा विमान दुर्घटना, मृतकको संख्या कम्तीमा ६४

दक्षिण कोरियामा विमान दुर्घटना, मृतकको संख्या कम्तीमा ६४

  • काठमाडौँ । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

    images

    चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले सार्वजनिक गरेको छ ।विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएपछि विमानमा आगो लागेको थियो ।

    सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij