Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

कृषि तथा पशुपन्छी मन्त्रालयका साढे ६ लाख अमेरिकी डलरका दुई परियोजना डिसेम्बरमा सकिँदै

कृषि तथा पशुपन्छी मन्त्रालयका साढे ६ लाख अमेरिकी डलरका दुई परियोजना डिसेम्बरमा सकिँदै

  • काठमाडौँ । डिसेम्बर २०२४मा साढे ६ लाख अमेरिकीडलरका कृषि  तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका दुई परियोजना समाप्त भएका छन् । इन्टरनेशनल इकोनोमिक कोपरेशन कोर्डिनेशन डिभिजन स्टेटमेन्ट अफ टेक्निकल एन्ड अदर असिस्ट्यान्स २०२४÷२५ अनुसार सन् २०२४मा तीन दर्जन परियोजनाहरू समाप्त भइहेका हुन्  ।

    त्यसमध्ये  कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका दुई परियोजनामा एक साढे तीन लाख अमेरिकी डलरको रहेको छ । साढे तीन लाख डलरका एक देश एक उत्पादन प्राथमिकता कार्यढाँचा अन्तर्गत अलैँचीको मूल्य शृंखला प्रवद्र्धन गरिरहन प्रोमोटिङ लार्ज कार्डमम भ्यालु चेन इन नेपाल अन्डर वन कन्ट्री वन प्रायोरिटी प्रडक्ट(ओसीओपी) फ्रेमवर्क शीर्षकको परियोजना तय गरिएको थियो । यस  अन्तर्गत   अन्तर्राष्ट्रि बजारमा गुणस्तरीय उत्पादन,मूल्य अभिवृद्धि र व्यापार प्रवद्र्धनमार्फत् नेपाली अलैँचीको पहुँच तथा वृद्धिसम्बन्धी गतिविधि गर्न खाद्य एवं कृषि संगठन(फुड एन्ड एग्रिकल्चर अर्गनाइजेशन)को तर्फबाट प्राप्त सहयोगको परियोजना बनेको थियो ।सेप्टेम्बर २०२२देखि २०२४ डिसेम्बरसम्मको यो परियोजना थियो ।

    यस्तै अर्को दुई वर्षे परियोजना पनि सोही अवधिमा फुड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको तर्फबाट कृषि उत्पादकत्व अभिवृद्धि र किसानहरूको जीविकोपार्जन समृद्ध गर्न नेपालमा गाउँ डिजिटल अभिप्रेरणा अर्थात सपोर्ट टु इनह्यान्सिङ एग्रिकल्चर प्रडक्टिभिटी एन्ड लिभ्लीहुड अफ फार्मर्स थ्रु डिजिटल भिलिज इनसिएटिभ इन नेपाल शीर्षकको आयोजना अन्तर्गत विद्यमान कृषि र खाद्य प्रणालीलाई अझ बढी दुरुस्त, असरदार, फलदायी र एक दिगो प्रणालीमा रुपान्तरण गर्न र कृषि क्षेत्रको आंकिकीकरण(डिजिटलाइजेशन)का विद्यमान बाधा अवरोधको समस्या सम्बोधन गर्दै ग्रामीण क्षेत्रका मानिसको जीवन गुणस्तरमा सुधार ल्याउन सहयोग गतिविधि  गर्न ३ लाख अमेरिकी डलरको परियोजना तय भएको थियो ।  कृषि तथा पशुपन्छी मन्त्रालयका यी दुई परियोजना यो डिसेम्बर २०२४का लागि रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij