Logo

Jan 01 2025 | २०८१, पुस १७गते

Jan 01 2025 | २०८१, पुस १७गते

images

रसुवा भन्सार कार्यालयबाट  बिना भन्सार ल्याइएका झण्डै दुई करोड बराबरका ब्रान्डेड जुत्ताको मालिक खोज्दै राजस्व अनुसन्धान विभाग,  दुई दिनदेखि रसुवागढी भन्सार नाका ठप्प

रसुवा भन्सार कार्यालयबाट  बिना भन्सार ल्याइएका झण्डै दुई करोड बराबरका ब्रान्डेड जुत्ताको मालिक खोज्दै राजस्व अनुसन्धान विभाग,  दुई दिनदेखि रसुवागढी भन्सार नाका ठप्प

काठमाडौँ । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको एक कन्टेनर ब्रान्डेड जुत्ताको मालिकको खोजी र अनुसन्धान तीव्र पारेको छ । गत मंसिर ४ गते नुवाकोटबाट ना ३ ख ७०१ नम्बरको ब्रान्डेड जुत्ता लोड गरिएको कन्टेनर  विभागले नियन्त्रणमा लिएको थियो ।

रसुवा भन्सार कार्यालयबाट छुटेको उक्त कन्टेनरमा  प्रज्ञापन पत्रमा उल्लेख भएको सुटकेश , सिरक तथा बल्यान्केटको सट्टा ब्रान्डेड जुत्ता भेटिएको थियो । प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा फरक मालवस्तु भेटिएपछि तीव्र अनुसन्धानमा लागेको राजस्व अनुसन्धान विभाग जुत्ताको वास्तविक मालिक पत्ता लगाउने र भन्सार राजस्व छल्ने तरिकाको जरा पत्ता लगाउने कार्यमा जुटेको छ ।

बम्जन इन्टरप्राइजेजले ल्याएको उक्त कन्टनेरमा प्रज्ञापन पत्रमा उल्लेख भए विपरीत एक करोड ७५ लाख भन्दा बढीका ब्रान्डेड जुत्ता फेला परेपछि बम्जन इन्टरप्राइजेजका  बुद्ध लामालाई पक्राउ गरेर अनुसन्धान गरिँदै छ । दुई हजार जोर भन्दा बढी ब्रान्डेड जुत्ता गलत तरिकाबाट  ल्याएकोले अनुसन्धान विभागले बुद्ध लामा र कुमार श्रेष्ठलाई अहिले पनि थुनामा राखेर अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । बुद्ध लामा विगत लामो समयदेखि क्यारिङको काम गर्दै आएका छन् ।

यता भन्सार विभागले रसुवागढी भन्सार कार्यालयका तीन कर्मचारीलाई विभागमा तानेको छ । स्रोतका अनुसार ती कर्मचारीहरूलाई राजस्व अनुसन्धान विभागले छानबिन समेत गरेको छ । भन्सार विभागले शिवम् श्रेष्ठ, हंस रावल र लोकबहादुर विष्टलाई भन्सार विभागमा तानेको छ । 

राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको ब्रान्डेड जुत्ताको अनुसन्धान  टुंग्याएर माघको पहिलो सातासम्म मुद्दा लाने तयारी गरिरहेको बताइएको छ । रसुवा भन्सार कार्यालयले सामान चेकजाँच गरेरै मालवस्तु छुटाएको तर सामान ल्याउनेले भन्सार यार्ड भित्रै कन्टेनर भित्र मालवस्तु अदलबदल गरेको बताइएको छ । यद्यपि भन्सार एजेन्ट , कर्मचारी र व्यापारीको मिलोमतोमा भन्सार राजस्व  चुहावटको अवस्था भयावह छ ।

राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी झण्डै पाँच करोड भन्दा बढी बिगो र जरिवाना माग दाबी सहितको मुद्दा लान सक्ने स्रोतले बताएको छ ।

दुई दिनदेखि रसुवागढी भन्सार नाका ठप्प

बिना भन्सार एक कन्टेनर ब्रान्डेड जुक्ता रसुवा भन्सार नाकाबाट आएपछि अनुसन्धान तीव्र पारेको राजस्व अनुसन्धान विभाग र भन्सार विभागले  रसुवागढी भन्सार कार्यालयमा कडाइ ग¥यो ।  एक कन्टेनर ब्रान्डेड जुत्ता भन्सार आएपछि भन्सारका तीन कर्मचारीलाई विभाग तानियो । संयोगवंश प्रमुख भन्सार अधिकृत  तुलसीप्रसाद भट्टराई विदामा थिए । उक्त घटना पछि रसुवा भन्सार कार्यालयले  चाइनाबाट आएका मालवस्तुको भन्सार जाँचपास गर्ने क्रममा एक एक चेक गर्न थाल्यो । मालवस्तुको घोषणा पनि व्यापारीले घोषणा गरेको भन्दा बढी मूल्यांकन गरेर छुटाउन थाल्यो । त्यसपछि क्रमिकरूपमा विरोधमा उत्रिएका  व्यापारीहरूले दुई दिनदेखि रसुवागढी भन्सार नाका ठप्प पारेका छन् । रसुवाबाट आउने मालवस्तु अहिले छुटाइएके छैन् । दुई दिनमा सयौँको संख्यामा रसुवागढी भन्सार यार्डमा कन्टेनरहरू लामबद्ध थुप्रिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij