Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडरमा दीपेन्द्र सिंह ऐरी नियुक्त

  • काठमाडौँ । एसपीजी अटोमोबाइल्सले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।पौष १५ मा सम्पन्न समारोहमा ऐरीलाई ओमोडा इ–फाइभ पुरस्कार हस्तान्तरणसहित एमओयु हस्ताक्षर कार्यक्रम भएको हो ।यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवद्र्धनमा जोड दिइएको छ।

    brand2.jpeg

    काठमाडौं ।  एसपीजी अटोमोबाइल्स प्रा लि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ’ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदुरपश्चिम रोयल्सका कप्तान रहेका दिपेन्द्र सिंह ऐरिलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ। सिल्भर ओक ब्याङ्केट, काठमाडौँमा आयोजित विशेष समारोहमा, शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्र सिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर नियुक्त भएका हुन् ।

    brabd.jpeg

    कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्धतामा खुसी व्यक्त गर्दै भने , “किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्युचरिस्टिक ईभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्युचरिस्टिक टेक्नोलोजीमा अग्रस्थानमा रहँदै ईभी  बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु।” समारोहमा शारदा ग्रुपका अध्यक्ष  शिव रतन शारदा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपीजी अटोमोबाइल्सका अन्य सदस्यहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, चर्चित इन्फ्लुएन्सरहरू, पत्रकार तथा मिडियाको उपस्थिति थियो ।

    brand1.jpeg

    एनपीएलको ’इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार स्वरूप ओमोडा इ–फाइभको साँचो हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने , “अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पुरुष टी ट्वेन्टी अलराउन्डरमा दोस्रो वरियतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन्। आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने दीपेन्द्र सिंह ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ।“

    brand ambassador.jpeg

    ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ’ड्रिभन बाइ’ सह–प्रायोजक रहेको थियो। ओमोडा एन्ड जेइको, नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्दछ । यस साझेदारीसँगै ओमोडा एन्ड जेइकोले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्ने तथा खेलक्षेत्रको समग्र विकासमा योगदान पु¥याउने  लक्ष्य राखेको छ ।

    एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा एन्ड जेइको अटोमोबाइल्स को. लिमिटेडको नेपालको लागि आधिकारिक वितरक हो । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij