
काठमाडौँ । आज बुधबार शेयर बजारमा हलुका वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.१० बिन्दुले वृद्धि भई २५८१.६०मा पुगेको हो । कारोबार भने घटेको छ । बुधबारको कारोबार ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार ३सय ३४ रुपैया ३७ पैसा मात्र भएको छ ।
यसैगरी कुल शेयर खरिद बिक्रीमा पनि घटेको छ । कुल शेयर ९४ लाख ३४ हजार ९ कित्ताको शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ
हिजो मंगलबार नेप्से परिसूचक ३३.०८ बिन्दुले ओरालिएर २५७६.५० बिन्दुमा अडिएको थियो । १ करोड ३१ लाख ७४ हजार ३ सय ७९ कित्ता शेयरको खरिद बिक्रीबाट मंगलबार कुल कारोबार ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैया ४९ पैसा भएको नेप्सेले जनाएको थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij