Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

  • काठमाडौँ । दोस्रो वागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि यहाँ आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति काठमाडौँको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुषमा र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

    images

    प्रतियोगिताअन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुने काठमाडौँ जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले राससलाई बताउनुभयो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij