काठमाडौँ ।नेपाली वस्तुको निर्याकर्ताहरूले व्यापार मेलाको आयोजना गरेका छन् । दुई दिने नवौँ निर्यात दिवसको अवसरमा नेपाली वस्तुको निर्यातकर्ताहरूले निर्यात व्यापार मेलाको आयोजना गरेका हुन् ।नवौँ निर्यात दिवस २०८१को आयोजक नेपाल निर्यात परिषदका अध्यक्ष नरेशलाल श्रेष्ठले त्यस अवसरमा एक कार्यक्रम गरी निर्यातमा भइरहेको कठिनाइबारे जानकारी गराए ।
२०५३ सालमा स्थापना भएको समग्र नेपाली निर्यातकर्ताहरुको प्रतिनिधिमुलक संस्था नेपाल निर्यात परिषदले २६ औँ वर्ष पूरा गरिसकेको छ । स्थापनाकालदेखिनै निकासीकर्ताहरुको हक, हितको संरक्षण लगायत निर्यात व्यवसायको समस्याहरुलाई समाधान गर्न सम्बन्धित सरकारी तथा गैह्र सरकारी निकायहरुसँगको सहकार्य एवं समन्वय गरी देशको निर्यात व्यवसायको उत्थान, विकास, विस्तार, संरक्षण, तथा प्रबद्र्धनका साथै निर्यात व्यवसायमा देखापरेका विविध समस्याहरुको समाधान र सहजीकरणका लागि व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्यात व्यापारलाई विस्तार एवं अभिवृद्धि गरी विदेशी मुद्रा आर्जनको माध्यमबाट राष्ट्रको आर्थिक विकासमा निर्यात परिषदले टेवा पु¥याईरहेको अध्यक्ष श्रेष्ठले बताए ।
यो वर्ष पनि निर्यातकर्ताहरूको उत्पादन प्रवद्र्धन तथा बजार विस्तारको उद्देशय राखी २०८१ साल पौष १९ र २० गते व्यापार मेलाको आयोजना गरी निर्यात दिवस मनाइरहेको अध्यक्ष श्रेष्ठले जनाएका छन् । उनले निर्यात दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै भने ‘ निर्यात व्यवसायीबीच व्यावसायिक एकबद्धता देखाउन , आयातमुखी बजारलाई निर्यातमुखी बनाउन, सरकार र सम्पूर्ण सरोकारवालाहरुको ध्यानाकर्षण गर्न , निर्यात परिषद् र व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न ’ अगाडि भने ‘ नेपालमा उत्पादित वस्तुहरुको प्रतिस्पर्धा क्षमता अभिवृद्धि गरी, निर्यात प्रवद्र्धनको माध्यमबाट सम्पूर्ण नेपाली वस्तुहरुको निर्यातमा उल्लेख्य वृद्धि गर्ने लक्षलाई मूर्तरुप प्रदान गर्न नेपाली वस्तुहरुको विविधीकरण गरी निर्यात क्षेत्रको विस्तार गराई अन्तराष्ट्रिय बजार प्रवर्धनमा जोड दिन, निकासी व्यापारमा संलग्न उद्यमी, व्यवसायीहरुको उद्योग प्रतिष्ठानहरुमा स्वास्थ सुरक्षा, निर्यात प्रवद्र्धन लगायत अन्य विविध पक्षहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरी निर्यात बढाउन, राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरुले नेपाली निर्यातजन्य वस्तुहरुमा पु¥Þ्याएको असर, समस्या, समाधानका उपायहरु लगाएत वस्तुहरुको प्रवद्र्धन र विकासका लागि अपनाउनुपर्ने अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रणनीतिहरु सम्बन्धमा उद्यमी, व्यवसायीहरुमा जानकारी गराई आगामी दिनहरुमा निकासी अभिवृद्धि गर्ने तर्फ प्रेरित गर्न ।’
अध्यक्षले जारी गरिएको विज्ञप्ति अनुसार विद्यमान अवस्थामा समग्र देशको आयात तथा निर्यातको अवस्थालाई हेर्दा आ.व. २०८०÷८१ मा नेपालको कूल वैदेशिक व्यापार १ हजार ७ सय ४५ दशमलव ३३ अर्ब भएकोमा आव २०७९।०८० को तुलनामा कूल वैदेशिक व्यापारमा १.३३ प्रतिशत वृद्धि भएको र जसमध्ये कूल निर्यात रु. १ सय ५२ दशमलव ३८ अर्ब निर्यात भई गत आवको भन्दा ३.०३ प्रतिशत वृद्धि रहेको देखिन्छ भने आयाततर्फ कूल रु. १ हजार ५ सय ९२ दशमलव ९८ अर्ब आयात भई कूल व्यापार घाटा १ हजार ४४० दशमलव ६० अर्ब भएको देखिन्छ। चालु आर्थिक वर्ष २०८१÷८२ को ५ महिना अर्थात श्रावणदेखि मंसिर मसान्त सम्म कुल ७ खर्ब ३५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएकोमा कुल ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९३ हजार रुपैयाँको वस्तु आयात भएको र रु ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्र वस्तु निर्यात भई देशको व्यापार घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रहेको देखिन्छ । ५ महिनाको अवधिमा मात्र रु. ६ खर्बको वस्तु आयात हुँदा निर्यात जम्मा ७३ अर्ब मात्र भई देशको व्यापार घाटा ५ खर्ब भन्दा बढी भएकोले आगामी दिनहरुमा हाम्रो देशको आर्थिक अवस्था झनझन नराम्रो हुनसक्ने संकेतहरु देखापरेकोले हाम्रो अर्थ व्यवस्था निर्यातमुखी नभई आयातमुखी अर्थतन्त्रमा नै निर्भर रहेको देखिन्छ ।
नेपालबाट निकासी हुने प्रमुख वस्तुहरुमा फलाम तथा फलामका उत्पादनहरु, यार्न, ऊनी गलैंचा, सोयाबिन तेल, तयारी पोशाक, प्लाईउड, जुस, चिया, ऊनी फेल्टका उत्पादन, जुट तथा जुटका सामानहरु, अलैंची, सूर्यमुखी तेल, चिया, जडीबुटी, कुकुर विरालाका आहारा, पिना, पश्मिना सल, अदुवा, तामा तथा तामाका उत्पादन, कपडा प्रमुख रहेका छन् । नेपालको निर्यात व्यापार हुने मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, फ्रान्स, जापान, चिन, अष्ट्रेलिया, युएई, इटाली, नेदरलेण्डस, क्यानडा, अफगानिस्तान, टकी प्रमुख रहेका छन् ।
अध्यक्ष श्रेष्ठले निर्यात घट्नुको कारण पनि औँल्याएका छन् । उनका अनुसार निर्यात घट्नुको मुख्य कारण चाइना, बंगलादेश, भारत र अन्य मूलुकको तुलनामा हाम्रो देशको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु हो । नेपालको मौलिक कच्चा पदार्थ निकै कम छन् । व्यवसायीहरुले वस्तु उत्पादन गर्दा नेपालमा प्रशस्त मात्रामा कच्चा पदार्थ नपाइने हुनाले कच्चा पदार्थ आयात गर्दा कच्चा पदार्थमा लगाएको भ्याटले गर्दा उत्पादनको लागत खर्च बढी हुन आंउँछ । यस्तै काठमाडौं उपत्यका भित्र वा अन्य क्षेत्रमा लाखौं रुपैयाँ पर्ने आनाको जग्गामा उद्योग संचालन गर्दा पनि हाम्रा उत्पादनहरु महँगा हुन्छ ।
निर्यात प्रवद्र्धनका लागि अध्यक्ष श्रेष्ठले उपायहरूको विषयमा भन्दै नेपाल सरकारले कर्जा निर्वाह गर्दा निर्यात योग्य उत्पादन उद्योगलाई ५ प्रतिशत भन्दा कम सहुलियत दरमा ऋण प्रवाह गर्नु पर्ने , निर्यात गरेको वस्तुमा १० प्रतिशत सम्म अनुदान दिनु पर्ने, अन्तराष्ट्रियस्तरको गुणस्तर मापन प्रयोगशाला हुनुपर्ने, आफ्नो देशको उत्पादनलाई विश्व बजारमा पु-उन मेलामा लाग्ने स्टल भाडा फ्रि हुनुपर्ने हवाइ भाडाको लागत खर्च पनि अन्य देशको तुलनामा महँगो भएकोले त्यसलाई कम गर्नुपर्ने , र अन्तराष्ट्रियस्तरको प्रदर्शनी गृह नहुनु पनि यसको प्रमुख कारण रहेको जनाउँदै यसको उपाय खोज्न आग्रह गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij