Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

राजस्व अनुसन्धान विभागद्वारा बिना बिलबीजक सुनको अनुसन्धान गरी साढे पच्चीस करोड बढीको मागदाबीसहितको मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा बिना बिलबीजक सुनको अनुसन्धान गरी साढे पच्चीस करोड बढीको मागदाबीसहितको मुद्दा दायर

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले बिन बिलबीजक सुनको अनुसन्धान गरी सवा चौबीस करोड बढीको मागदाबीसहित मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय पथलैया बाराबाट जिल्ला प्रहरी कार्यालय ,मकवानपुरको प्रहरी प्रतिवेदनसमेत अनुसन्धानका लागि पेश भएको ८२४३.९७० ग्राम सुनको विस्तृत अनुसन्धान गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको हो ।

    उच्च अदालत पाटनको हेटौडा इजलासमा पुस १८ गते दायर गरिएको उक्त मुद्दामा भारतीय नागरिकहरू अभिषेक अजितनाथ कुटे, राहुल बिट्ठल बाड, राहुल गोरख दागडे,हेमन्त बिट्ठल मोर र नेपाली नागरिक काभ्रे पलाञ्चोक मण्डनदेउपुर नगरपालिका  वडा न ९ वस्ने २१ वर्षीय आयुष सापकोटा, सोही जिल्ला पनौती नगरपालिका वडा न १ बस्ने  ४३ वर्षीय रविन्द्र बाइबा तामाङ र पर्वत जिल्ला जलजला गाउँपालिका वडा न ५ वस्ने २५ वर्षीय विनोद पुनलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन अन्तर्गत दफा ३को विपरीत कार्य गरेको भनी प्रतिवादी बनाइएको छ । उनीहरू विरुद्ध बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी चौबीस करोड २५ लाख ८७ हजार ४ सय सन्ताउन्न रुपैयाँ तीस पैसा बरारको मागदाबीसहितको मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

    यसैगरी ४९१.१३ ग्राम बिना बिल बीजकको सुनको अनुसन्धान गरी हेटौडा इजलासमा पुस १२ गते बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी एक करोड चौतीस लाख अठसट्ठी हजार सात सय अन्ठाउन्न रुपैयाँ पैसा चौरान्बे बराबरको सोही ऐनको दफा अन्तर्गत मुद्दा दायर गरिएको विभागले जनाएको छ । पुस १२ गते दायर गरिएको मुद्दामा भारतीय नागरिक भारतको बिहार राज्य फुलबरिया बस्ने ५० सुजित सर्राफ  र नेपाली नागरिक सप्तरी जिल्ला राजविराज नगरपालिका वडान १बस्ने  सोनीकुमारी साहलाई प्रतिवादी बनाइएको जनाइएको छ । विभागले दुवै गरी २५ करोड ६०लाख ५६ हजार २१६ रुपैया  २४ पैसा बराबरको मुद्दा दायर गरिएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij