Logo

Jan 07 2025 | २०८१, पुस २३गते

Jan 07 2025 | २०८१, पुस २३गते

images

वल्ड अफ डान्स यूएसएको फाइनलमा भाग लिन पाउने डान्सरहरूको छनौट प्रतियोगिता

वल्ड अफ डान्स यूएसएको फाइनलमा भाग लिन पाउने डान्सरहरूको छनौट प्रतियोगिता

काठमाडौँ ।अमेरिकाको सर्वोत्कृष्ट डान्स प्लेटफर्म वल्ड अफ डान्स यूएसएको आयोजनामा भाग लिन नेपालमा छनौट प्रतियोगिताको आयोजना हुन लागेको छ ।मण्डला इन्टरटेनमेन्टले नेपालमा लुकि बसेका  प्रतिभा ‘हिडन ट्यलेन्ट’हरुलाई देशबाट निकालेर अमेरिकामा प्रतिस्पर्धा गर्न यो आयोजना गर्न लागेको जनाएको हो ।

आयोजकले आफ्नो देशको प्रतिनिधित्व गर्दै देशको कला र संस्कृतिलाई डान्सको माध्यमबाट विश्वमा एउटा छुट्टै पहिचान बनाउने सम्भावना रहेको सर्वोकृष्ट डान्स प्लेटफार्म वल्ड अफ डान्स यूएसए सन् २००८बाट सुरु भएको भएको जनाएको छ ।आयोजकका अनुसार यस प्लेटफार्ममा संसारभरका २५ भन्दा बढी देशहरुबाट करिब एक लाख जना डान्सरहरुले सभागिता जनाउने गरेका छन।  यसको फ्रेन्चाइज प्राप्त नेपाल क्वालिफायर्स वल्ड वा डान्स नेपाल , डब्लूओडी नेपालले लिएको जनाएको छ ।

यसको छनोट आयोजना आउँदो माघ २४ बिहिबारका दिन अलोफ्ट होटल  ठमेल काठमाडौंमा हुने आयोजकले जनाएको छ ।यस नेपाल क्वालिफायर्स वल्ड वा डान्स नेपालमा अपर डिभिजित र जुनियर डिभिजन गरी डान्स टयालेन्टहरूको खोजी गरिने जनाइएको छ । १८ वर्ष माथिका लागि अपर डिभिजन र १८ वर्ष मुनिका लागि जुनियर डिभिजन वर्गीकरण गरिएको छ । अपर डिभिजिनमा सोलो, डुओ, ट्रायो र क्वाडमा प्रतिस्पर्धा गर्न पाउने छन् । यसैगरी जुनियर टिमले तीन विधामा सहभागगित जनाउन सक्ने जनाइएको छ ।

world of dance1.jpeg

उल्लेखित विधाहरुमा ७७ वटै जिल्लाहरुबाट डिजिटल अडिसन मार्फत ३०० भन्दा बढी डान्सरहरुको आवेदन आइसकेको र उक्त आवेदनहरु मध्येवाट छनौट गरी अपर र जुनियर टिमको छनौट गरिनेछ । अपर टिममा  १५ टिम र जुनियरबाट १० टिम बनाइने जनाइएको छ ।  डान्सरहरुले नेपाल क्वालिफायर्समा सहभागिता जनाउँनेछन् । डिजिटल अडिसन मार्फत छनौट भइ नेपाल क्वालिफायर्सको प्रत्येक विधामा सहभागिता जनाउन रु ३०००÷– प्रति डान्सर सहभागिता शुल्क बुझाउनु पर्ने जनाइएको छ ।विजेताहरुले नगद एकलाख , प्रमाण पत्र  र ट्रफि पाउने छन् । अन्यहरूले प्रमाण पत्रलगायतका प्रशंसा पत्र पाउने छन् ।

प्रथम द्वितीय र तृतीय स्थान ओगटनेहरूलाई अमेरिकाको लस एन्जेल्स कन्भेन्सन सेन्टरमा १६ जुलाई देखि २५ जुलाई २०२५को डब्लुओडी वल्ड फाइनल्समा प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुने डब्लुओडी नेपालका नेशनल डाइरेक्टर रोशन गहतराज र मण्डला इन्टरटेन्मेन्ट्स प्रालिकी सीईओ सजिना तामाङले जानकारी सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij