काठमाडौँ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक देखि साधारणतया बदली देखिएको छ। बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो देखिनुका साथै, बिहानको समयमा बढी हुस्सु तथा कुहिरोको सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य र यातायातमा असर पुर्याउन सक्छ।
दिनभरि बाग्मती, कोशी र मधेश प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक देखि साधारणतया बदली रहने छ भने, तराई र उपत्यकामा मौसम मुख्यतया सफा रहने अपेक्षा छ।सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij